१८ मंसिर, गोरखा । आफ्नै ७० वर्षीय बुबालाई हत्या गरेको अभियोगमा ४० वर्षिय पुरुष पक्राउ परेका छन् ।
गाेरखाकाे सिरानचोक गाउँपालिका ८ धन्सार बस्ने तुलाराम ढकालको हत्या अभियोगमा ४० वर्षीय छोरा भुवन ढकाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिका-८ धापेस्थित खेतमा धान झाट्ने क्रममा झगडा हुँदा भुवनले आफ्नै बुवा तुलारामलाई लाठीले हानी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जौबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
गम्भीर घाइते भएका तुलारामको प्राथमिक स्वास्थ्य केन्द्र जौबारीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस