समाचार

मोटरसाइकलसहित चोरीमा संलग्न १४ जना पक्राउ, ८५ वटा भेटिए

bike

२२ मंसिर, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने १४ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।

महाशाखाको पिडित सहायता ईकाइको विशेष टोलीले उपत्यकाको बिभिन्न स्थानहरुबाट हराएका र चोरी भएका सवारी साधनहरुलाई खोजतलास गर्ने विशेष अभियान संचालन गरिरहेको छ । महाशाखाले उपत्यकाको बिभिन्न स्थानबाट हराएका ८५ वटा मोटरसाइकलहरु खोजतलास गरि सम्बन्धित धनिलाई जिम्मा दिएकोछ ।

महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले भने,“बिगत लामो समयदेखि मोटरसाईकल चोरी गर्ने पेसेवर गिरोहलाई निग्रानीमा राखि सादा पोशाकमा बिशेष अपरेसन टोली खटाइएका छौ, धेरै जसो उपत्यकाबाट हराएका मोटरसाइकलहरु उपत्यका बाहिरका ग्रामीण बस्तिहरुमा पुग्ने गरेको पाइएको छ, त्यस्ता बस्तीहरुमा समेत सुराकी परिचालन गरि सुचना संकलन गर्ने काम समेत भैरहेको छ ।”

आज मात्रै महाशाखाले ललितपुरको ढोलाहिटीबाट काभ्रे तिमाल घर भई ललितपुर बस्ने बर्ष २५ का सुजन तामाङ्गलाई वास्तविक नम्बर प्र.३- ०२- ००१ प ९०४१ भइ प्र.३- ०२- ००३प६५०६ नंम्बर राखि चलाएको २२० सिसिको रातो कालो पल्सर सहित पक्राउ गरि आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी बृत्त मालीगाँउ पठाएको छ । उक्त मोटरसाइकल काठमाण्डौंस्थित सेतोपुलदेखि दश दिनअघि मात्र हराएको थियो ।

विशेषगरि काठमाडौंका सार्वजनिक स्थल र एकान्तमा पार्किङ्ग गरि राखिएका मोटरसाइकलहरु चोरी हुने गरेको तथ्याङ्कबाट देखिएको छ । अधिकांश चोरी भएका मोटरसाइकलहरुको वास्तविक नम्बर परिवर्तन गरेको पाइएको छ भने कतिपय पक्राउ परेका मोटरसाईकलको नक्कली ब्लुबुक समेत हुने गरेको पाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस