२३ मंसिर, काठमाडौं । बिरामीको मृत्यु भएपछि आफन्तले काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका छन् ।
महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्र भण्डारीका अनुसार नागार्जुन नगरपालिका ५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरूले तोडफोड गरेका हुन् ।
भण्डारीका अनुसार करिब १०-११ वटा झ्यालका सिसा फुटाएका छन् । तोडफोड गर्ने नौ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिरामीको भने विभिन्न अंगहरू नचलेको र हृदयघातबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस