समाचार

प्रधानमन्त्री ओलीलाई सुरक्षा बढाइयो, कार्यक्रममा जाँदा खाली गरियो सडक

kp sharma oli with guard

२४ मंसिर, काठमाडौं । सत्तारुढ दल नेकपाभित्र आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीको सामना गरिरहेका बेला सुरक्षा निकायले उनको भ्रमणका क्रममा उच्च सुरक्षा सतर्कता अपनाउन थालेका छन् ।

नेकपा अध्यक्ष समेत रहेका उनी पार्टी मुख्यालय धुम्बाराही जाने भएपछि आसपासका घरका छतमा समेत सुरक्षाकर्मी परिचालन गरिए लगत्तै मंगलबार कीर्तिपुरको एउटा कार्यक्रमका लागि पनि उनको सवारी चलाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो । सो कार्यक्रममा जाने क्रममा सुरक्षाकर्मीले सडक खाली गराएर सवारी चलाएका थिए । विगतमा यस्तो अभ्यास थिएन ।

सडक नै खाली गराइएपछि के प्रधानमन्त्रीमाथि सुरक्षा थ्रेट बढेकै हो, बढेको हो भने कहाँबाट भन्नेजस्ता प्रश्न उठेका छन् । ‘त्यति कडाइ होइन, आवश्यकता हेरेर केही कडाइ भएको हो’, नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले भने, ‘हामीले हाम्रो ठाउँमा कमजोरी त हुन दिनु भएन नि ।’ नागरिक दैनिकमा खबर छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस