हृदयघात भएपछि रेमो डिसुजा अस्पताल भर्ना

२७ मंसिर, काठमाडौं । हृदयघात भएपछि बलिउडका निर्माता तथा कोरियोग्राफर रेमो डिसुजा अस्पताल भर्ना भएका छन् ।

शुक्रबार दिउँसो २ः३० बजे हृदयघात भएपछि उनलाई मुम्बईस्थित कोकिलाबेन धिरूभाइ अम्बानी अस्पतालमा भर्ना गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मिडिया रिपोर्टका अनुसार डिसुजाको एन्जियोप्लाष्ट गरिएको छ र उनको स्वास्थ्य सुधार भइरहेको छ ।

आइसीयुमा उपचार गराएका डिसुजालाई अहिले सामान्य बेडमा राखिएको एएनआइले जनाएको छ ।

बलिउडका फिल्म विश्लेषक कोमल नाहटाले ४६ बर्षिय डिसुजाको स्वास्थ्यमा उलेख्य सुधार भएको जानकारी दिएका छन् ।

एजेन्सी