विश्व/प्रवास

अमेरिकामा कोरोनाविरुद्धको खोप अभियान सोमबारदेखि सुरु हुँदै

america coronavirus

२८ मंसिर, काठमाडौं । अमेरिकी जनताले सोमबारदेखि फाइजर/एनबायोएनटेक कोरोना भ्याक्सिन पाउने भएका छन् । अधिकारीका अनुसार भ्याक्सिनको पहिलो तीस लाख डोज चाँडै नै सबै राज्यमा पुर्याइनेछ ।

फाइजर/बायोएनटेक भ्याक्सिन, कोरोनाभाइरसविरुद्ध ९५ प्रतिशतसम्म प्रभावकारी छ र फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) ले यसलाई सुरक्षित बताएको छ । एफडीएका अनुसार कोरोना संकटबीच यसले प्रयोगका लागि अनुमति पाउनु निकै महत्वपूर्ण हो ।

एफडीएमाथि ठूलो दबाब थियो जसका कारण शुक्रबार फाइजर/बायोएनटेक कोरोना भ्याक्सिनको प्रयोगका लागि आपतकालीन मञ्जुरी दिनु पर्यो । अधिकारीले कोरोनाभाइरसलाई मात दिने यो भ्याक्सिनलाई सुरक्षित तरिकाले सबै राज्यमा पुर्याइने आशा व्यक्त गरेका छन् । – बीबीसी

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस