२८ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहनुका साथै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त वायु नेपालमा प्रवेश गरिरहेको छ ।
अहिले देशभर आंशिकदेखि सामान्य बदली रही हिमाली भू-भागमा हल्का देखि मध्यम खालको हिमपात भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि हिमाली भू-भागमा हल्कादेखि मध्यम खालको हिमपातको सम्भावना र प्रदेश नं १ को पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुने संभाबना रहेको छ।
त्यस्तै, राती प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत रहेको छ ।
प्रतिक्रिया दिनुहोस