बैँक / वित्त

ग्लोबल आइएमई बैंकद्वारा ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात

global IME bank branch

२८ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैसाथ ६ नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ ।

बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिका, धनुषा जिल्ला नगराइन नगरपालिका फुलगा, दैलेखको दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिका, बाग्लुङ जिल्ला बाडिगड गाउँपालिका सिमालचौर र पाँचथर जिल्ला याङवरक गाउँपालिकामा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या २३८ पुगेको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस