३० मंसिर, काठमाडौं । नेपालमा थप ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५० हजार १८० पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १७३० पुगेको छ ।
प्रतिक्रिया दिनुहोस