२ पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा अरबियन सागरमा रहेको न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
अहिले प्रदेश नं १, कर्णाली प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराइ क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, राती देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस