२ पुस, मोरङ । विराटनगरबाट प्रहरीले खैरो हिरोइन कारोबार गर्ने तीन जनालाई पक्राउ गरेको छ ।
लागुऔषध व्यूरो विराटनगरबाट खटिएको टोलीले बुधवार विराटनगर–१७ मटेरुवा बस्ने लद्दिफुल मिया, भारत घर भएका सुरजेश कुमार राय र आशिक मियालाई पक्राउ गरेको हो ।
लद्दिफुलको साथबाट १३ ग्राम र अन्य दुइको साथबाट ५ ग्राम खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस