समाचार

बागलुङको कोतमा आगामी चैत ३० गतेपछि पशुपक्षीको बलि दिन नपाईने

kot mandir

२ पुस, बाग्लुङ । बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँस्थित कोत मन्दिरमा पशुपक्षीको बलि दिन रोक लगाइएको छ । कोतमा आगामी चैत ३० गतेपछि बलि चढाउन नपाइने भएको हो ।

यसअघि गरेको बलिको भाकल भए तोकिएको समयभित्र पूजाआजा गर्न वडा कार्यालयले सार्वजनिक सूचनामार्फत जनसाधारणमा अनुरोध गरेको छ । जनप्रतिनिधि, कोत सञ्चालक समिति, सन्त, पुजारी, गाउँका भद्रभलाद्मीसहितको भेलाले बलि प्रथा हटाउने निर्णय गरेको वडाध्यक्ष युक्तप्रसाद कँडेलले जानकारी दिए ।

पशुपक्षीको बलि दिने परम्परालाई हटाई परापूर्वदेखि चलेको वैदिक विधिपूर्वक सात्यिक पूजा गरिने उनको भनाइ छ । बिहुँमा एकै ठाउँमा दुई कोत मन्दिर छन् । दुवै कोतलाई ‘बिहुँकोट’ भनेरसमेत चिनिन्छ । धर्मका नाममा मन्दिर र कोतघरमा दिइने बलिको पशुपक्षी अधिकारकर्मीले समेत विरोध गर्दै आएका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस