२ पुस, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा देव वाटमोर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले अष्ट्रेलियाका ६६ वर्षीय वाटमोरलाई बिहीबार राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
श्रीलंकालाई विश्वकप क्रिकेटको उपाधि दिलाएका वाट्मोर मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन् । क्यानले खुल्ला प्रतिस्पर्धाबाट वाटमोरलाई नेपालको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस