सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?

३ पुस, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार बिहीबार तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार बढेर तोलामा ९४ हजार ३०० रुपैयाँमा कारोेबार भएको हो । यस्तै तेजावी सुन तोलामा ९३ हजार ८५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा १२५५ रुपैयाँमा कारोबार भएको चाँदी शुुक्रबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको हो ।

एनएमबि न्यूज