३ पुस, काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित वानओक रेष्टुरेण्ट एण्ड लन्चबारमा तास खेलिरहेको अवस्थामा ८ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका ७, बस्ने २८ वर्षीय प्रकाश लामालगायत आठजना छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद पाँच लाख १८ हजार रुपैयाँ र २७ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस