४ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र विपक्षी दल जनता समाजवादी पार्टीका शीर्ष नेताबीच भेटवार्ता भएको छ ।
छलफलमा काँग्रेसका तर्फबाट सभापति शेरबहादुुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता मिनेन्द्र रिजाल, रमेश लेखक र जसपाका तर्फबाट अध्यक्ष महन्थ ठाकुर र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी छन् ।
बाबुराम भट्टराईका सहयोगी रोशन पोखरेलका अनुसार उनीहरूबीच छलफल जारी छ । उनले भने,‘जसपा र कांग्रेस नेताहरूबीच अपरान्ह ३ बजेदेखि छलफल जारी छ ।
उनका अनुसार सरकारलाई संसद खुलाउन दबाव दिनेबारे छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस