समाचार

टिकटक बनाउन झुलेङ्गे पुलमा झुण्डिएका युवा खसेर गम्भीर घाइते

dang tiktok kanda

४ पुस, दाङ । टिकटक बनाउन झुलुङ्गे पुलमा झुण्डिएका एक युवा लडेर गम्भीर घाइते भएका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका-१९ बिजौरीका २४ वर्षीय रमेश थापा बबई गाउँपालिका-५ पुरन्धारा झरना नजिकैको बबई नदीको झुलुङ्गे पुलबाट लडेर गम्भीर घाइते भएका हुन् ।

२०/२२ जना साथीहरुसँग उनी शनिबार दिउँसो बबई गाउँपालिका–५ पुरन्धारा झरना क्षेत्रमा घुम्न गएका थिए । सोही बेला झोलुंगे पुलमा टिकटक बनाउन खोज्दा पुलमा झुण्डिएका उनी त्यहाँबाट खस्दा घाईते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते थापालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रारम्भीक उपचारपछि थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको छ । घाइते थापालाई साँझ कोहलपुर रेफर गरिएको बताइएको छ ।

https://www.youtube.com/watch?v=Id-7iacUpCw&t=1s

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस