५ पुस, काठमाडौं । सरकारले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ताजा जनादेशका लागि भन्दै संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेका हुन् । उक्त सिफारिस राष्ट्रपति कार्यालय लगिँदै छ ।
यसअघि शनिबार पार्टीभित्र विवाद कायमै रहेका वेला ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका थिए । राष्ट्रपतिसँगको भेटमा ओलीले संसद् विघटन र मध्यावधी निर्वाचनमा जान सकिनेबारे छलफल गरेका थिए ।
प्रतिक्रिया दिनुहोस