६ पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा उत्तर-पश्चिमी वायुको प्रभाव रहेको छ ।
अहिले कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
त्यस्तै, राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
प्रतिक्रिया दिनुहोस