विश्व/प्रवास

भारतीय कांग्रेसका वरिष्ठ नेता मोतीलाल वोराको निधन

motilal

६ पुस, काठमाडौं । भारतीय कांग्रेसका वरिष्ठ नेता मोतलिाल वोराको निधन भएको छ । बोराको दिल्लीस्थित फोर्टिस अस्पतालमा ९३ वर्षको उमेरमा निधन भएको हो ।

दुई पटक मध्यप्रदेशका मुख्यमन्त्री समे भएका उनी सन् २००० देखि २०१८ सम्म काँग्रेसका केन्द्रीय कोषाध्यक्ष्यको जिम्मेवारीमा रहेका थिए ।उनको डिसेम्बर २०मा ९३ औं जन्मदिन मनाइएको थियो । उनको अन्तिम संस्कार मंगलबार हुने जनाइएको छ ।

नेता बोराको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस