समाचार

जसपाले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने

jasapa

७ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले प्रतिनिधिसभा विघटनको विरुद्धमा विभिन्न संघर्षका कार्यक्रम घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगमनकारी भएको ठहर गर्दै बैठकले विनिन्न संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पुस ८ गते सबै जिल्ला सदरमुकाममा प्रदर्शन गर्ने, १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाडौंमा केन्द्रीकृत जनप्रदर्शन गर्ने बताए । उनले अन्य दलहरूसँगको छलफलपछि बाँकी कार्यक्रम तय गरिने जानकारी दिए ।

त्यसैगरी, बैठकले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको अवस्थामा संसद जिवितै रहेको भन्दै सभामुख अग्निप्रसाद सापकोटालाई बैठक शुरु गर्न आग्रह गर्ने निर्णय गरेको छ । निर्णयकाे बारेमा जानकारी दिँदै डा. भट्टराईले भने, ‘प्रतिनिधिसभा अहिले पनि जिवित छ त्यसकारणले हामीले सभामुखलाई प्रतिनिधि सभाको बैठक शुरु गर्न आह्वान गर्ने निर्णय गरेका छौं।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस