अर्थनीति

एकैदिन ९ सय रुपैयाँले घट्यो सुन, कति छ आजको मूल्य ?

gold

८ पुस, काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार घटेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजावी सुन तोलामा ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा १३१५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार घटेर १२६५ रुपैयाँमा कारोबार भएको हो ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस