८ पुस, काठमाडौं । नेपालमा बुधबार थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार ५५९ जनामा गरिएकाे परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये २७९ महिला र ४६४ पुरुष रहेका छन् ।
योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५५ हजार ९७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस