समाचार

प्रचण्ड–माधव पक्षका सवै सदस्य निर्वाचन आयोग र सर्वोच्च जाने

Prachanda Madhav Nepal jhalanath khanal narayankaji shrestha

९ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका सबै केन्द्रीय सदस्यहरु शुक्रबार निर्वाचन आयोग र सर्वोच्च अदालत जाने भएका छन् । उनीहरु १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने भएका हुन् ।

यसअघि केन्द्रीय समितिका निर्णयहरु आयोगलाई जानकारी गराएको प्रचण्ड -नेपाल पक्षले नेकपाको आधिकारिकताका लागि आवश्यक केन्द्रीय सदस्यको हस्ताक्षर र बैठकका निर्णयहरु बुधबार आयोगमा बुझाएको हो ।

नेकपाको ओली पक्षले आफूलाई वैधानिक दावी गरेपछि प्रचण्ड नेपाल पक्ष सवै केन्द्रीय सदस्यसहित आयोग जान लागेका हुन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस