समाचार

प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि : मुख्यमन्त्री गुरुङ

prithivi subba

९ पुस, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको कदम व्यवस्था बचाउनका लागि भएको बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको पेमा साम्डुप छ्योलिङ गुम्बामा माने तुङग्युर (मणी खोर्लो) उद्घाटन कार्यक्रममा सम्बोधनका क्रममा उहाँले प्रधानमन्त्रीको अहिलेको कदम व्यवस्थालाई बचाउनका लागि भएको बताएका हुन् ।

संविधान संशोधन गरेर  लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा निकाली  राष्ट्रियता जोगाउने काम थालेपछि सरकार ढाल्ने खेल शुरु भएको उनले बताए । आफ्नै पार्टीभित्रबाट सरकार ढालेर अस्थितरता निम्त्याउन लागेपछि व्यवस्था बचाउन जनताको माझमा जाने फैसला प्रधानमन्त्रीले गरेको उनको भनाइ छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस