अर्थनीति

साताको अन्तिम कारोबार दिन नेप्सेमा २९.८३ अंकको गिरावट

Nepal Stok exchange

९ पुस, काठमाडौं । बिहीबारको सेयर बजार घटेको छ । साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक (नेप्से) २९.८३ प्रतिशतले घटेर २ हजार ३८ दशमलव ८३ विन्दुमा ओर्लिएको हो । आज बजारमा ५ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको छ ।

बजारमा आज १ सय ७४ वटा कम्पनीको कारोबार हुँदा १ सय ३७ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य बढेको छ भने ९ वटा कम्पनीको मूल्य स्थिर देखिएको छ । आजको बजारमा होटल र हाइड्रोपावर क्षेत्र सुधार हुँदा बाँकी सबै क्षेत्रमा उपसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी मूूल्य सोल्टी होटल, ओरेन्टल होटलको ५ प्रतिशत भन्दा बढीले बढेको छ ।

त्यस्तै, सबैभन्दा बढी गिररावट समृद्धि फाइनान्सको ८ प्रतिशत र युनाइटेड इदि मर्दीको ५ प्रतिशत भन्दा बढीको गिरावट देखिएको छ । मंगलबार करिब ९६ अंकले बढेको बजार बुधबार पनि ७ अंकले बढेको थियो । बिहीबारको यो गिरावटलाई बंगलबार र बुधबारको वृद्धिको करेक्सनको रुपमा हेरिएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस