१० पुस, काठमाडौं । लुम्बिनी प्रदेशमा श्रम बजार सुचना प्रणली विकास परियोजना शुरु भएको छ । उद्योगहरुले माग गर्दै आएको सो परियोजना पाँच वटा रोजगारदाता संस्थामो पहलमा गठन भएको हो ।
श्रमबजारको सूचना सम्बन्धी सरल र प्रभावकारी पद्धतिको निर्माण गर्ने उद्देश्यले सो परियोजनाको शुृरु भएको हो । नेपाल उद्योग परिसंघको आयोजनामा लुम्बिनी प्रदेशमा आयोजित एक कार्यक्रमा प्रदेश प्रमुख श्रीधर्मनाथ यादवले सो परियोजनाको सुरुवात गरेका हुन् ।
कार्यक्रममा प्रदेश प्रमुखले परियोजनाले कृषि, निर्माण र पर्यटनलगायत विविध क्षेत्रको समग्र सीप पहिचान गरी आवश्यक सीपको एकरुपता कायम गर्दै सरकारलाई सोहीअनुरुप नीति तथा कार्यक्रम तर्जुमा गर्न सहयोग पुग्ने बताए ।
परिसंघका अध्यक्ष सतिशकुमार मोरले प्राविधिक एवं व्यावसायिक तालिम प्रदान गर्ने संस्थाले दिने गरेको तालिम तथा सीप र उद्योगको आवश्यकताबीच बेमेल रहेको बताए ।