Advertisement

About Author

Morgan Howen

Morgan is an example author of everest news. She has just a dummy image &

Everest News

Ut interdum risus felis, eget rhoncus sem aliquam nec. Sed eu congue arcu. Duis ultricies orci nec diam malesuada accumsan. Aliquam pulvinar pulvinar orci, nec ornare ex efficitur ac. Proin quis laoreet quam. Praesent sagittis mollis turpis tempus sodales. Ut efficitur tortor nec condimentum ornare.

मोटरसाइकल चोरीमा संलग्न दुईजना लगनखेलबाट पक्राउ

१० पुस, काठमाडौं । मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न दुई जनालाई प्रहरीले ललितपुर लगनखेलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई चोरी गरेको बा ८१ प ५२७५ नम्बरको पल्सर मोटरसाइकल सहित बिहीबार ललितपुरको लगनखेलबाट नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।

कपनबाट मोटरसाइकल हराएको भनि अभिषेक ढकालले गत असोज ९ गते यस महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकलसहित अभियुक्तलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बौद्ध पठाइएको जनाइएको छ ।

एनएमबि न्यूज