खेलकुद समाचार

डिसहोमले प्रधानमन्त्री कप क्रिकेटको प्रत्यक्ष प्रसारण गर्ने

dish home and can

१० पुस, काठमाडौं । डिसहोम नेटवर्कले सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०) तथा पीएम कप पुरुष (एक दिवसीय) खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषदको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघ (क्यान)द्वारा आयोजित दुवै प्रतियोगिताको प्रत्यक्ष प्रसारण गर्नेबारे डिश मिडिया नेटवर्क र क्यानबीच समझदारी भएको छ ।

२६ डिसेम्बरदेखि दाङको लमहीमा सञ्चालन हुने सगरमाथा सिमेन्ट पीएम कप महिला (टी–२०)मा एक विभागीय टोली र ७ प्रादेशिक महिला टोलीले  सहभागिता जनाउने छन् । यस्तै काठमाडौंको कीर्तिपुर तथा मुलपानी मैदानमा जनवरी–२०२१ बाट सुरु हुने पीएम कप पुरुष (एक दिवसीय) २०७७ को उपाधिका लागि तीन विभागीय टोली र ७ प्रादेशिक टोली प्रतिस्पर्धामा उत्रनेछन्  ।

दुवै प्रतियोगिता डिश मिडिया नेटवर्कको एक्सन स्पोर्टस् एचडी तथा एसडी च्यानल ले प्रत्यक्ष प्रशारण गर्नेछन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस