समाचार

कांग्रेस र कम्युनिष्टले न्यायपालिकामा आफ्ना मान्छे भर्ती गरे : कमल थापा

kamal thapa

११ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले कांग्रेस र कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका आरोप लगाएका छन् । सामाजिक संजाल ट्वीटरमा एक सन्देश लेख्दै आज उनले यस्तो आरोप लगाएका हुन् ।

उनले भनेका छन्, ‘२०६३ सालपछि कांग्रेस, कम्युनिष्टले न्यायपालिका लगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ। अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खान सक्छ भन्ने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड, नेपाललाई भएकै होला ।’

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस