समाचार

राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन पुस १७ गते आह्वान

Bidya Bhandari

१२ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा बैठक आह्वान गरेकी छिन् ।

राष्ट्रपति कार्यालयले जनाएअनुसार राष्ट्रपति भण्डारीले यही पुस १७ गते शुक्रबार दिउसो ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

“सम्माननीय राष्ट्रपतिज्यूले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम पुस १७ गते शुक्रबारका दिन ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा राष्ट्रियसभाको अधिवेशन आह्वान गर्नुभएको छ,” राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

notice

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस