१३ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गरेरै छाड्ने बताएका छन् ।
नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भने, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”
आगामी वैशाखमा हुने भनिएको चुनाव हुनै नसक्ने जनाउँदै पूर्वमन्त्री भुसालले अदालतले जनताको चाहना अनुसार फैसला गर्ने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस