१४ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् नभई केपी ओली नेतृत्वको सरकार भंग भएको बताएका छन् ।
भृकुटीमण्डपमा भएको सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् । उनले संसद् विघटनको अधिकार कसैसँग नभएको भन्दै जनताको भावनाको सम्मान सर्वोच्च अदालतले गर्नेमा आफू आशावादी भएको बताए ।
उनले संसद् जीवितै रहेको र आफूहरु पनि जिउँदै रहेको बताए ।
प्रतिक्रिया दिनुहोस