विश्व/प्रवास

बेलायतको कोरोना संक्रमित संख्यामा नयाँ रेकर्ड कायम

london

१५ पुस, काठमाडौं । लगातार कोरोना भाइरस संक्रमित बढिरहेको बेलायतमा संक्रमित संख्याले नयाँ बिन्दु कायम गरेको छ । मंगलबार एकैदिन ५३ हजार जना भन्दा बढीमा संक्रमण प्रमाणित भएपछि नयाँ रेकर्ड कायम भएको हो ।

त्यस्तै मंगलबार संक्रमणका कारण ४ सय १४ जनाको मृत्यु भएको छ । यसअघि बेलायतमा सबैभन्दा धेरै ४१ हजार संक्रमित फेला परेका थिए भने मृतक संख्या ३ सय ५७ थियो । परीक्षणको संख्या बढेकाले यतिधेरै संक्रमित फेला परेको मानिएको भएपनि क्रिसमस सप्ताहमा संक्रमण फैलिने क्रम तीब्र हुनुलाई पनि कारक मानिएको छ ।

बेलायतमा पछिल्लो समय अझ बढी संक्रामक क्षमता भएको कोरोना भाइरस फेला परेको छ । भाइरस फेला परेसँगै विश्वका धेरै मुलुकले उसँगको हवाईसेवा र आवतजावतमा प्रतिबन्ध घोषणा गरेका छन् ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस