समाचार

बुटवलको कोरोना विशेष अस्पतालमा एक पुरुषको मृत्यु

corona hospital butwal

१५ पुस, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । रुपन्देहीको शुद्धोधन गाउपालिका १ का ७० वर्षीय पुरुषको बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।

मंसिर २८ गते कोरोना संक्रमण भएका ती पुरुष पुस १४ गते अस्पताल भर्ना भएकामा बुधबार बिहान सवा ५ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

 मृतकमा उच्च रक्तचापको समस्या समेत रहेको अस्पतालले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस