समाचार

खैरो हेरोइनसहित दुईजना पक्राउ

arrested

१५ पुस, झापा । मेची नगरपालिका-८ मेची क्राउन होटल पछाडि सडकबाट करिब पाँच ग्राम लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय सुरज पौडेल र अर्जुनधारा नगरपालिका–८ बस्ने २१ वर्षीय अंकित शर्मा रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरीले को३८प ७१४९ नम्बरको मोटरसाइकल जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको पदार्थसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस