१५ पुस, काठमाडौं । नेपालमा थप ५११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९ पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट सात जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८४७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस