सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले गरे प्रचण्डलाई फोन

१५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई फोन गरेका छन् । उनले बुधबार साँझ प्रचण्डलाई फोन गर्दै उपचाररत प्रचण्डपत्नी सीताको स्वास्थ्यलाभको कामना गरेका हुन् ।

सीता दाहालको स्वास्थ्यमा अचानक समस्या आएपछि बुधबार उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ । त्यसलगत्तै प्रधानमन्त्री ओलीले प्रचण्डलाई टेलिफोन गरेर स्वास्थ्यलाभको कामना गरेको बताइएको छ ।

प्रचण्डसहितका नेताहरु अहिले अस्पताल परिसरमा छन् ।

एनएमबि न्यूज