१६ पुस, काठमाडौं । ‘मिस युनिभर्स नेपाल २०२०’ को ताज अष्ट्रेलियानिवासी अंशिका शर्माले जितेकी छन् । बुधवार राति भएको प्रतिस्पर्धामा फाइनलमा पुगेका अन्य ४ प्रतिस्पर्धीलाई उछिन्दै शर्माले मिस युनिभर्सको ताज जितेकी हुन् ।
अस्ट्रेलियाबाट प्रतियोगितामा सहभागिता जनाएकी शर्मा गैरआवासीय नेपाली हुन् । उनले प्रतियोगिताको उपाधिसँगै नगद १० लाख र १५ लाख बराबरको क्राउन समेत जितेकी छन् ।
ब्रेभ बोल्ड ब्युटिफुल प्रालिले आयोजना गरेको यो प्रतियोगितामा ५ सय युवतीले सहभागिताका लागि आवेदन दिएका थिए । जसमध्येबाट छनौट भएका ९७ जनाले प्रतियोगिताको पहिलो चरणमा सहभागिता जनाएका थिए । प्रतियोगितामा माल्भिका सुब्बा, अनुपमा कुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह निर्णायक थिए ।
प्रतिक्रिया दिनुहोस