१६ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा थप २४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा उपत्यकामा थप २४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा १८०, भक्तपुरमा २४ र ललितपुरमा ४३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
यस्तै, बिहीबार नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या १८५६ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस