२० पुस, काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । अहिले देशभर आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च हिमाली भू-भागमा हल्का हिमपात भएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बागमती र प्रदेश न. १ को पहाडी भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, राती देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको साथै सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागहरुका केहि स्थानहरु तथा बागमती र प्रदेश न. १ को पहाडी भू-भागहरुका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।