२० पुस, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
आइतबार तोलामा ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार तेजावी सुन तोलामा ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार बढेर तोलामा १३ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस