२० पुस, काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) अनलाइन फारम खुलाएको एक साता नबित्दै सर्भरमा समस्या आएको भन्दै सोमबारका लागि सेवा बन्द गरेको छ ।
सोमबार विभागले एक सूचना जारी गर्दै अनलाइन सर्भर बन्द गरिएको जनाएको हाे ।
कोरोना भाइरसका कारण गत चैतदेखि बन्द भएको लाइसेन्स अघिल्लो सातादेखि खुलेको थियो । विभागले सबै प्रदेशले खुल्ला गर्न सक्ने गरि अनलाइन फारम खोल्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस