अर्थनीति

सुनको मूल्य एकैदिन तोलामा ११ सय रुपैयाँ बढ्यो

gold

२१ पुस, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ९५ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार बढेर तोलामा ९६ हजार ४०० रुपैयाँ पुगेको छ । यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस