स्मिता र मनमोहनको आवाजमा ‘तिम्रो साथले’ सार्वजनिक (भिडियो)

२२ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी नातिनी स्मिता दाहाल र गायक (शास्त्रीय) मनमोहन थपलियाको आवाजमा ‘तिम्रो साथले’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

यस मेलोडियस प्रेमिल गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल राशी सुवेदीको अभिनय रहेको छ । निकेश खड्काले निर्देशन गरेका छन् । किरण कँडेलको शब्द रहेको यस गीतमा गायक थपलियाकै संगीत रहेको छ ।

https://www.youtube.com/watch?v=X_vPosl38_w&feature=emb_title

एनएमबि न्यूज