२३ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीको मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका-९ मुरली भन्ज्याङ्गका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका-१ देवीस्थानका २१ वर्षीय राजन तामाङ रहेका छन् ।
सोह्रखुट्टेस्थित सडकखन्डबाट उनीहरुलाई मोटरसाइकलसहित पक्राउ गरेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस