२४ पुस, लिजवन । पाेर्चुगलबाट शुक्रबार (जनवरी ८) मा नेपाल जाने तयारी गरेका एक नेपाली युवाले बिहीबार आत्महत्या गरेका छन् ।
२ वर्षअघि पोर्चुगल आएका बझाङका २९ वर्षीय सुरत कुँवरले बिहीबार स्थानीय समयअनुसार करिब ३ बजेतिर आफू बसेको होस्टेलको ४ तलामाथिबाट हाम फालेर आत्महत्या गरेका हुन् ।
उनले सामाजिक सञ्जालमा एउटा फोटो सेयर गरेलगत्तै आत्महत्या गरेका थिए । उनले राखेको फोटोसहितको स्टाटसमा लेखेका थिए । यसबीचमा उनले परिवारलाई समेत कल गरेकाे देखिएको छ ।
“मिल्ने भए दुस्ख हटाइ खुसी किन्थेँ आमा,
आफ्ना को हुन्, पराई को हुन् सवै चिन्थेँ आमा
तिम्रो दुधको भारा कसरी तिर्नु म
लाग्ने भए मेरो आयु थपिदिन्थेँ आमा”
आफ्ना को हुन्, पराई को हुन् सवै चिन्थेँ आमा
तिम्रो दुधको भारा कसरी तिर्नु म
लाग्ने भए मेरो आयु थपिदिन्थेँ आमा”
प्रतिक्रिया दिनुहोस