समाचार

आज आकाशमा बृहस्पति, शनि र बुध ग्रह देख्न पाइने

akash

२४ पुस, काठमाडौं । रात्रिको आकाशमा खगोलीय पिण्डहरुको गतिविधि हेर्दै रमाउनेहरुका लागि सन २०२० को वर्ष महत्वपूर्ण रहेको थियो । अनेको खगोलीय गतिविधि का साथै २०२० मा भएको बृहस्पति  ग्रह र शनि ग्रहको निकटता ( ग्रेट कन्जक्शन ) ले बड़ो चर्चा पाएको थियो ।

चलिरहेको नववर्ष २०२१ पनि यस्तै अनुपम खगोलीय घटनाले परिपूर्ण रहने भएको छ । यस  क्रममा नववर्षको प्रारम्भमै आज ८ जनवरीमा तीनवटा ग्रहको अद्भुत संयोग हुन गइरहेको छ।  आजको सन्ध्याकालीन आकाशमा बृहस्पति, शनि र बुध ग्रहको त्रिकोण देखिने भएको छ । गत वर्ष २१ दिसम्बरमा नजिक आएका बृहस्पति र शनि ग्रह हुन त अहिले एक अर्काबाट टाढा पुगिसकेका छन । टाढा हुँदै गई रहेका यी दुबै ग्रहसंग बुध ग्रहको सामीप्यताले आकाशमा मनोहारी दृश्यावली बन्न गइरहेको छ ।

आज देखि जनवरी ११ तारीखसम्म आकाशमा यी तीनवटै ग्रहले त्रिकोण बनाउने  छन् । हुन त ११ जनवरीमा बन्ने त्रिकोण त्यति प्रष्ट हुँदैन।  आज ८ जनवरीमा भने यो त्रिकोण स्पष्ट देखिने छ । ९ र १० जनवरीमा पनि तीन वटै ग्रहको संयोग देखिने छ । मौसम साफा रहे आजको सन्ध्याकालीन आकाशमा तीन वटा ग्रहले बनाउने त्रिकोण हेर्न नबिर्सनु होला ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस