२४ पुस, काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १९०९ पुगेको छ ।
यस्तै, शुक्रबार नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६४ हजार १५९ पुगेको छ भने अहिलेसम्म २ लाख ५७ हजार २२९ जना संक्रमणमुक्त भएका छन् ।
प्रतिक्रिया दिनुहोस