अर्थनीति

४१.२४ अंक बढेर २२३५.७२ विन्दुमा नेप्से, प्रभु बैंकको सर्वाधिक कारोबार

Nepal Stok exchange

२६ पुस, काठमाडौं । आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४१ दशमलव २४ अंक बढेर २ हजार २३५ दशमलव ७२ विन्दुमा पुगेको छ ।

साताको पहिलो दिन आइतवार २०७ ओटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयरको रू.६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये जीवन बीमा कम्पनीहरुको समूहबाहेक सबै समूहको परिसूचक बढेको छ ।

सबैभन्दा बढी कमाउनेमा प्रभु लाइफ इन्सुरेन्स रहेको छ । दोस्रोमा नारायणी डेभलपमेन्ट बैंक छ भने तेस्रोमा आरम्भ लघुवित्त चौतारी वित्तिय संस्था रहेको छन् । यस्तै कारोबारको आधारमा सबैभन्दा बढी कारोबार हुनेमा प्रभु बैंक रहेको छ । यसको ४० करोड २९ लाख रुपैयाँ भन्दा बढी कारोबार भएको छ । यस्तै कुमारी बैंकको ३० करोड ४५ लाख रुपैयाँ बराबरको सेयर खरिद बिक्रि भएको छ ।

एनएमबि न्यूज युटयुबमा पनि उपलब्ध छ । तपाई यहाँ क्लिक गरेर सब्सक्राइब गर्न सक्नुहुनेछ । साथै फेसबुकट्वीटरमार्फतपनि हामीसँग जोडिन सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस
प्रतिक्रिया दिनुहोस